काठमाडौं । अमेरिकन स्विमिङ कोचेज एसोसियसन (एस्का)को स्विमिङ कोर्स नेपाल यसै हप्ता सञ्चालन हुने भएको छ ।
लिटल डोल्फिन्स स्विम स्कुलको आयोजनामा अमेरिकी स्विमिङ प्रशिक्षक अतिबा वाडेले नेपालमा सो कार्सको प्रशिक्षण दिने भएका छन् । प्रशिक्षण कार्यक्रम आगामी बुधबारदेखि ५ दिनसम्म चल्ने आयोजकले जनाएको छ ।
लिटल डोल्फिन्स संस्थापक निर्देशक युवराज सुनुवारले ५ दिनको प्रशिक्षण पश्चात एस्का सर्टिफिकेशनको लेवल वान, टू, थ्री सर्टिफिगेट प्रशिक्षार्थीलाई प्रदान गरिने बताए । यस कोर्सको प्रशिक्षण दिन बंगलादेशबाट समेत चार जना स्विमिङ प्रशिक्षकहरु सहभागी हुनेछन् ।
यस कोर्समा नेपाल र बंगलादेश गरी ३० जना सहभागी हुने आयोजकले जनाएको छ । चर्चित स्विमिङ कोच, एथलिट तथा फिटनेश ट्रेनर अमेरिकी प्रशिक्षक अतिबा वाडेले सहभागीलाई प्रशिक्षण दिने तालिका रहेको छ ।
नेपालमा पहिलो पटक एस्काको सर्टिफिगेसन कोर्स सञ्चालन गर्न लागिएको लिटर डोल्फिन्सका निर्देशन सुनुवारले जानकारी दिए ।
सर्टिफिगेसन पश्चात विश्वव्यापी रुपमा नेपालका स्विमिङ प्रशिक्षकहरुले व्यवसायीक प्रशिक्षकको रुपमा काम गर्न अवसर प्राप्त गर्ने सुनुवारले बताए ।