यु–२० महिला रग्बी सेभेन्स मंगलबारदेखि

काठमाडौं। राष्ट्रिय यु–२० महिला रग्बी सेभेन्स च्याम्पियनसिप आगामी मंगलबारदेखि सुरु हुने भएको छ। आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर नेपाल महिला रग्बी क्लबले प्रतियोगिताबारे जानकारी गराएको हो।
प्रतियोगितामा सुदूरपश्चिम, कर्णाली, गण्डकी, मधेस, कोसी, बागमती प्रदेशसहित नेपाल महिला रग्बी संघ र हिमालयन टाइगर रग्बी क्लब गरी आठ टिमले सहभागिता जनाउनेछन्।
पत्रकार सम्मेलनमै गरिएको ‘ड्र’ अनुसार समूह ‘ए’ मा बागमती प्रदेश, गण्डकी, नेपाल महिला रग्बी संघ र मधेस प्रदेश परेका छन्। यस्तै, समूह ‘बी’ मा हिमालयन टाइगर, कोसी, सुदूरपश्चिम र कर्णाली प्रदेश छन्।
राउन्ड रोबिन लिगका आधारमा चल्ने प्रतियोगिताका समूहका शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन्। आयोजकका अनुसार प्रतियोगिताको विजेताले ५० हजार प्राप्त गर्नेछ। उपविजेता टोलीले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ।
आयोजक क्लबकी अध्यक्ष एलिसा थापाले सहभागी टिमको एकतर्फी यातायात खर्च, खाना, खाजा र बसोबासको व्यवस्थाको सुविधा आयोजकले बेहोर्ने जानकारी दिइन्।
महिला क्लबले पहिलोपल्ट प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिँदै अध्यक्ष थापाले उमेरसमूहका खेलाडीलाई एक्सपोजर प्रदान गर्न र दशौं राष्ट्रिय खेलकुदको तयारीमा प्रतियोगिताले सघाउ पुर्याउने बताइन्।
प्रतियोगिता आयोजनाका लागि २५ लाख रुपैयाँ खर्च हुने बताइएको छ। त्यसमा प्रदेश खेलकुद विकास परिषद् बागमतीले २० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने आयोजकले जनाएको छ।







-1762154705887.png&w=3840&q=75)





-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
