एसिया कपक ट्राइयाथलन कपमा नेपालका तीन खेलाडी
मंगलबार, माघ २९, २०८१खेलपाटी संवाददाता

काठमाडौं। भरतको चेन्नाई सहरमा आयोजना हुने एसिया ट्राइयाथलन कपमा सहभागी हुन जाने नेपाली ट्राइयाथलन टोलीलाई बिदाइ गरिएको छ।
संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ र महासचिव युवराज सुनुवारले टोलीलाई बिदाइ गरेका हुन्। चेन्नाई जाने टोलीमा पुरुषतर्फ मौलिक महर्जन र यजु महर्जन तथा महिलातर्फ युस्का महर्जन छन्।
यस्तै, टिम व्यवस्थापकमा मिकेन महर्जन र निर्णायकहरूमा शुभ श्रेष्ठ र विनोद तण्डुकार छन्। फागुन ४ गते आयोजना हुने एसिया कपमा सहभागी हुन मौलिक र युस्का बेङ्गलोरबाट सिधै चेन्नाई पुग्ने महासचिव सुनुवारले जानकारी गराए। मौलिक र युस्का एसिया कपका लागि बेङ्गलोरमा प्रशिक्षणरत छन्।







-1762154705887.png&w=3840&q=75)





-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
