काठमाडौं। बागमती यु–२० महिला सेभन्स रग्बी च्याम्पियनसिप फागुन दोस्रो साता हुने भएको छ।
नेपाल महिला रग्बी क्लबको आयोजनामा हुने प्रतियोगिता फागुन ६ र ७ भक्तपुरस्थित मध्यपुर युथको मैदानमा हुन लागेको हो।
प्रतियोगितामा सात टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ। त्यसमा पाँच प्रदेश र दुई क्लब टिम सहभागी हुनेछन्।
प्रतियोगिताको सम्पूर्ण तयारी तीव्र रूपमा भइरहेको क्लबले जनाएको छ। यस प्रतियोगिताका लागि हस्पिटल पार्टनरका रूपमा भक्तपुर अन्तर्राष्ट्रिय अस्पतालसँग क्लबका अध्यक्ष एलिसा थापाले सम्झौता गरिसकेकी छन्।
अन्य काम पनि अगाडि बढिरहेको उनले जानकारी दिइन्।