काठमाडौं। एनएसजेएफ अग्रज खेलकुद पत्रकारिता अवार्डबाट वरिष्ठ पत्रकार श्रीविक्रम भण्डारी र सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट बिनयज्योति सापकोटा सम्मानित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले २९औं स्थापना दिवसका अवसर पारेर सोमबा भण्डारी र सापकोटालाई सम्मान गरेको हो । अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन भन्ने नाराका मञ्चले हरेक वर्ष स्थापना दिवसको अवसरमा यो अवार्ड दिँदै आएको छ ।
वरिष्ठ पत्रकार भण्डारीले २५ हजार प्राप्त गरे। सापकोटाले एक थान ल्यापटप पाए।