प्रशिक्षक लामा र बास्केटबल खेलाडी केसी सम्मानित

काठमाडौं। रिलायन्स पब्लिक स्कुलले खेलकुद वार्षिकोत्सवको अवसरमा शुक्रबार पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा र राष्ट्रिय बास्केटबल खेलाडी मनीष केसीलाई सम्मान गरेको छ।
कपनमा आयोजित कार्यक्रममा रिलायन्स एजुकेसन नेटवर्कका बोर्ड अफ डिरेक्टर राजकुमार सिवाकोटीले सम्मान पत्र प्रदान गर्दै लामा र केसीलाई सम्मान गरेका हुन्।
उनको प्रशिक्षणमा पलेशा गोवर्द्धनले पेरिस पारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी थिइन्। उनी कुनै पनि किसिमको ओलम्पिक प्रतियोगितामा पदक जित्ने पहिलो नेपाली हुन्।
बास्केटबल खेलाडी केसीको उत्कृष्ट प्रदर्शनमा नेपाली टिमले गत वर्ष चीनमा भएको युनान प्रोभिन्स ह्याप्पी भिलेज थ्री अन थ्री प्रतियोगितामा उपाधि जितेको थियो।
उक्त प्रतियोगितामा उनले मोस्ट भ्याल्युएबल प्लेयरको अवार्ड पनि हात पारेका थिए। उनले सात वर्षयता राष्ट्रिय टिमबाट नियमित रूपमा थ्री अन थ्री र फुल कोर्टका प्रतियोगिता खेलिरहेका छन्।







-1762154705887.png&w=3840&q=75)







-1762303379429.webp&w=3840&q=75)