काठमाडौं। दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय टिम च्यायम्पियन बनेको छ। त्रिभुवन १३ स्वर्ण पदकसहित टिम च्याम्पियन बनेको हो। त्रिभुवनलेनौ रजत तथा चार कांस्यसहित २६ पदक प्राप्त गर्यो।
यस्तै, तीन स्वर्ण दुई रजत र तीन कांस्यसहित सुदुरपश्चिम विश्वविद्यालय द्धितीय भएको छ। दुई स्वर्ण र तीन रजतसहित मध्यपश्चिमान्चल विश्वविद्यालय तृतीय भएको छ।
सहआयोजक गण्डकी विश्वविद्यालयले एक स्वर्णसहित दुई रजत र पाँच कांस्य पदक प्राप्त गरेको छ। काठमाडौंले दुई रजत र सात कांस्य हात पार्दा पोखराले एक रजत तीन कांस्य प्राप्त गरेको छ। पूर्वाञ्चल दुई कांस्य, कृषि तथा वनविज्ञान दुई कांस्य र लुम्बिनी विश्वविद्यालयले एक कांस्य पदकमा चित्त बुझाएका छन्।