काठमाडौं। नेपाली टोलीले एसियाली एम्पुटी फुटबल प्रतियोगितामा खेल्ने भएको छ। फेब्रुअरी ५ देखि १२ तारिखसम्म बंगलादेशको ढाकामा हुने प्रतियोगितामा सहभागी हुन १३ पुरुष खेलाडीसहित २० सदस्यीय मंगलबार त्यसतर्फ प्रस्थान गर्न लागेको हो।
प्रतियोगितामा डिल्लीबहादुर विष्ट, प्रकाशकुमार बस्नेत, राजु श्रेष्ठ, विक्रम योङहाङ, मुकुन्दबहादुर ढुंगाना, सुजन कार्की, भीमबहादुर कुमाल, चेतनारायण खनाल, धनबहादुर महता, लक्ष्मीप्रसाद अधिकारी, सुदीप चापागाईं, राज पौडेल र प्रकाश सिंहले सहभागिता जनाउने छन्।
प्रशिक्षकमा चत्रबहादुर तामाङ, व्यवस्थापकमा मदनमान सिंह रोकाया तथा अफिसियलमा कल्पना खड्का, श्यामबहादुर रावल, प्रकाश चिलुवाल, सुरेश थापा र विपिन पौडेल छन्। प्रतियोगितामा नेपालसहित इन्डोनेसिया, बंगलादेश, इरान, इराक र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता रहने छन्।