चितवन। नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) को अध्यक्षमा अच्युत पाण्डे चयन भएका छन्।
चितवन भरतपुरमा भएको नवौं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनले आगामी दुई वर्षका लागि पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो।
सर्वसम्मत चयन भएको ९ सदस्यीय नयाँ कार्यसमितिमा उपाध्यक्ष केदार शर्मा , सचिव मोहन ज्ञवाली, सहसचिव सागर पिएस , कोषाध्यक्ष दिनेश नाइसा, कार्यसमिति सदस्यहरूमा ताराप्रसाद पाठक, सचिन ढकाल, अबिन कार्की र सुप्रीया खनाल छन्।