काठमाडौं। नेपाल कबड्डी लिगको उत्कृष्ट रेइडर काठमाडौं माभरिक्सका कप्तान घनश्याम रोक्कामगर घोषित भएका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शुक्रबार भएको फाइनलमा खेलमा काठमान्डु माभरिक्सलाई ४३–४१ ले पराजित गर्दै जनकपुर नाइट्सले उपाधि जितेको हो।
तर, काठमान्डुलाई फाइनलमा पुर्याउन उत्कृष्ट प्रदर्शन गरेका घनश्याम नै उत्कृष्ट रेइडर भए। उनले २५ हजार रुपैयाँ प्राप्त गरे। जनकपुरका उत्कृष्ट डिफेन्डर थान्नगास्का सिहेरा भए। उनले पनि २५ हजार रुपैयाँ प्राप्त गरे।