काठमाडौं। नेपाल कबड्डी लिगको पहिलो संस्करणको विजेताले पाँच लाख रुपैयाँ पाउने भएका छन्।
आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले शुक्रबार उक्त जानकारी दिएको हो। यस्तै, उपविजेताले भने दुई लाख रुपैयाँ प्राप्त गर्नेछन्।
उत्कृष्ट रेइडर र उत्कृष्ट डिफेन्डरलाई जनही २५ हजार रुपैयाँ दिइने छ।