काठमाडौं। भारतको नयाँ दिल्लीमा भएको खो–खो विश्वकपमा रजत पदक जित्न सफल खेलाडीलाई राष्ट्रिय स्वतन्त्र पार्टी युवा तथा खेलकुद विभागले सम्मान गरेको छ ।
पार्टी कार्यालय बनस्थलीमा आयोजित सम्मान कार्यक्रममा कार्यबाहक सभापति डिपी अर्याल, उपसभापति डा स्वर्णिम वाग्ले, पूर्वयुवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य विजय जैरु, युवा तथा खेलकुद विभाग केन्द्रीय सचिव पुरुषोत्तम पोखरेल, केन्द्रीय सदस्य जगदीश खरेललगायतले खादा माला लगाएर सम्मान गरेका हुन् ।
देशका लागि खेल्ने खेलाडीहरुका लागि पार्टी र विभागको तर्फबाट के गर्न सकिन्छ, त्यसका आफूहरूले पहल गर्ने पूर्वयुवा तथा खेलकुद मन्त्री श्रेष्ठले बताए। भारतमा सम्पन्न विश्वकपमा नेपालका महिला र पुरुष दुबै टिमले रजत पदक जितेका थिए ।