बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

जनकपुरको लगातार दोस्रो जित

सोमबार, ०७ माघ २०८१खेलपाटी संवाददाता
जनकपुरको लगातार दोस्रो जित
Loading ad...
mustang rice ad

काठमाडौं। रेडमा उत्कृष्ट प्रदर्शन गर्दै जनकपुर नाइट्सले नेपाल कबड्डी लिग (एनकेएल)मा लगातार दोस्रो जित हात पारेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगबार सम्पन्न खेलमा जनकपुरले धनगढी वाइल्डक्याट्सलाई ३७–३१ ले पराजित गरेको हो। जितसँगै जनकपुरले १० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। समान खेल खेलेको धनगढीको एक अंक छ।

पहिलो खेलमा जनकपुरले हिमालयन रेइडर्सलाई ३५-२४ ले हराएको थियो। धनगढी भने पहिलो खेलमा विराटनगर ब्यान्डिट्ससँग ४६-३४ ले पराजित भएको थियो।  

जनकपुरले रेडबाट २४, ट्याकलबाट ९ अलआउटबाट चार र बोनस पोइन्टबाट ६ अंक जोडेको हो। धनगढील भने रेडबाट २७, ट्याकलबाट चार र बोनसबाट ११ अंक जोड्यो।

सुरुआती समयमा धनगढीले पनि जनकपुरलाई दबाबमा राखेको थियो। तर, ट्याकलमा कमजोर हुँदा धनगढी पहिलो हाफमै दुईपल्ट अलआउट हुन पुग्यो। जनकपुरले भने ट्याकलमा सानदार प्रदर्शन गर्दै ६ अंक जोड्यो। धनगढीले भने दुई अंक मात्रै जोड्न सकेको थियो। 

रेडमा दुवैले समान ६ अंक जोडे पनि एक्स्ट्रा पोइन्ट जनकपुरले बढी पायो। योसँगै जनकपुपरले पहिलो हाफमै सात अंक अग्रता लिन सफल भयो। पहिलो हाफमा २१–१३ मा सकिएको थियो। 

दोस्रो हाफमा धनगढीले १८ र जनकपुरले १६ पोइन्ट जोडेको थियो। दोस्रो हाफको सुरुआतमै धनगढी एकपल्ट अलआउटनजिक पुगिसकेको थियो। तर, विदेशी खेलाडी एनसिन अरफातले रेडमा दुई जनालाई आउट गराउँदै धनगढीलाई बचाए। तर, त्यसको दुई मिनेटपछि नै अहङ्गमा पोल्वाथाहलाई ट्याकल गर्दै जनकपुरले अलआउट बनाइ छाडे। योसँगै जनकपुर स्कोर २९–१९ बनाउँदै १० अंकको अग्रता लिन सफल भयो।

त्यसपछि धनगढी खेलमा फर्किन सके। जनकपुरले दोस्रो हाफमा पनि दुईपल्ट अलआउट बनाएको थियो। धनगढीले दोस्रो हाफमा १८ अंक जोड्दै पुनरागमन गर्ने प्रयास गरेको थियो। उसले रेड र ट्याकलमा पनि सुधार गर्दै १२ अंक जोड्यो। जनकपुरले रेड र ट्याकलबाट एक अंक मात्रै बढी जोडेको थियो। बोनस पोइन्टबाट ६ अंक जोड्दा पनि धनगढीले अग्रता उल्टाउन सकेन र लगातार दोस्रो खेलमा पराजय बेहोर्न पुग्यो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना

फक्रिँदै क्वारात्स्खेलिया

फक्रिँदै क्वारात्स्खेलिया

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा