हिमालयनले खोल्यो जितको खाता
आइतबार, ०६ माघ २०८१खेलपाटी संवाददाता
-(2)-1737297635.jpeg&w=3840&q=75)
काठमाडौं। हिमालयन रेडर्सले नेपाल कबड्डी लिग (एनकेएल) मा पहिलो जित हासिल गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आइतबार सम्पन्न खेलमा हिमालयनले पोखरा लेकर्सलाई ३४-३० ले पराजित गरेको हो। जितसँगै हिमालयनले पाँच अंक जोड्यो। पोखराले भने एक अंक हात पार्यो।
हिमालयनले खेलमा पोखरालाई दुईपटक अलआउट गर्यो। पोखरा भने एकपल्ट मात्रै अलआउट भयो। पहिलो हाफमा हिमालयनले १३-११ को अग्रता बनाएको थियो। उक्त अग्रतालाई सुरक्षित गर्दै हिमालयनले पहिलो जित हात पारेको हो। यसअघि प्रतियोगिताको पहिलो खेलमा काठमाडौँ मार्भरिक्ससँग पोखरा पराजित भएको थियो। यता, हिमालयनलाई भने जनकपुरले पाखा लगाएको थियो।







.jpg-1783310383831.jpeg&w=3840&q=75)








