काठमाडौं। विराटनगर ब्यान्डिट्सले नेपाल कबड्डी लिग(एनकेएल)मा लगातार दोस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा सम्पन्न दिनको पहिलो खेलमा विराटनगरले काठमाडौं म्याभरिक्समाथि एक अंक अर्थात ४४-४३ को जित निकालेको हो। जितसँगै विराटनगर दुई खेलबाट १० अंक जोड्यो। पहिलो खेलमा विराटनगरले धनगढी वाइल्डक्याट्सलाई हराएको थियो।
पहिलो हाफमा विराटनगर सात अंकले अगाडि रह्यो। विराटनगरले २६ अंक जोड्दा काठमाडौंले मात्र १९ अंक बनायो। तर, दुई अल आउटका साथ विराटनगरले १७ अंकको फराकिलो अग्रता कायम गर्यो। तर, काठमाडौंका लागि कप्तान घनश्याम रोका मगरले दुई सुपर रेडसहित सानदार प्रदर्शन गर्दै काठमाडौंमा खेलमा फर्काएका थिए। तर, थाइल्यान्डका खेलाडी रोयनग्रम चतुरोनफैसनले एकै रेडमा तीन अंक हासिल गरेपछि विराटनगर खेलमा अपराजित यात्रा कायम राख्न सफल भयो।