काठमाडौं। इरानलाई पराजित गर्दै नेपाली महिला टोली प्रथम खो–खो विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा शुक्रबार भएको क्वार्टरफाइनलमा नेपालले इरानलाई १०३–८ पराजित गरेको हो। योसँगै नेपालले फाइनलमा स्थान बनाउन युगान्डासँग खेल्ने भएको छ। युगान्डाले शुक्रबार नै भएको पहिलो क्वार्टरफाइनलमा न्युजिल्यान्डलाई ७१–३६ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो।
नेपालले समूहचरणमा जर्मनीलाई ७३–३४, भुटानलाई ९३–२४, श्रीलंकालाई ११०–१० र बंगलादेशलाई ८२–२४ ले सहजै हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको थियो। पहिलो खो खो विश्वकपमै नेपालबाट महिला र पुरुष दुवै टोलीले सहभागिता जनाएको छ।