बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

एनकेएललाई ७५ लाखको प्रायोजन

बुधबार, ०२ माघ २०८१खेलपाटी संवाददाता
एनकेएललाई ७५ लाखको प्रायोजन
Loading ad...
mustang rice ad

काठमाडौं। एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी लिग (एनकेएल) को लागि ‘टाइटल स्पोन्सर’ को रूपमा केबी सामलाई भित्र्याएको छ। फ्रेन्चाइज टिमको अवधारणामा आयोजित प्रतियोगिता अब ‘केबी साम नेपाल कबड्डी लिग’को नामले सञ्चालन हुनेछ।

नेपाली कबड्डीमा हालसम्मकै सबभन्दा ठूलो प्रतियोगिताको रूपमा केबी साम एनकेएलको पहिलो संस्करण दशरथ रंगशालास्थित कभर्डहलमा शुक्रबार सुरु हुँदैछ, जहाँ ६ सहरका ६ वटा टिमले राउन्ड रोकिन लिग र नकआउट चरण गरी माघ १८ गतेसम्म प्रतिस्पर्धा गर्नेछन्। यसै प्रतियोगिताको टाइटलस स्पन्सरको सम्झौता एक कार्यक्रमबिच बुधबार भयो।

टाइटल स्पन्सरको सम्झौता पत्रमा केबी साम एनकेएलको आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयरमेन अमितकुमार बेगानी र केबी सामका मार्केटिङ एन्ड सेल्सका प्रमुख रुपेश थापाले हस्ताक्षर गरे। एस्ट्रोनिक्स म्यानेजमेन्टले एनकेएलको लागि केबी साम आल्मुनियम उत्पादक कम्पनीसँग तीन वर्षे सम्झौता गरेको हो। 

सम्झौताअनुसार केबी सामले बार्षिक ७५ लाख रुपैयाँ एनकेएललाई दिनेछ। यो रकम नेपाली खेलकुद इतिहासकै चौथो ठूलो रकम हो। नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट, सहिद स्मारक ए डिभिजन लिग र सूर्य नेपाल गल्फ टुरपछिको सबभन्दा ठूलो प्रायोजन हो। वीरगन्जमा कारखाना रहेको केबी सामले २५ वर्षयता देशका सबै जिल्लामा आल्मुनियमको व्यवसाय गर्दै आएको छ।

एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयरमेन बेगानीले भने, ‘यो पहिलो वर्ष हो, लगानीको वर्ष हो। नेपाललमा २५–३० हजारले कबड्डी खेल्छन्। हामीसँग उच्चस्तरका खेलाडी छन्। यसले नेपालमा कबड्डीको राम्रो सम्भावना भएको देखाउँछ। यसैका लागि केबी सामले साथ दिएको हो।’

केबी सामका मार्केटिङ एन्ड सेल्सका प्रमुख रुपेश थापाले भने, ‘पूर्व मेचीदेखि पश्चिम महाकलीसम्म केबी साम विस्तारित छ। कबड्डीमा गरिएको लगानीले कम्पनीको प्रवर्द्धनमा पनि साथ दिनेछ। त्यसैले एनकेएलमा स्पोन्सर गर्दा केबी साम र कबड्डी दुवैलाई फाइदा हुन्छ।’

‘नो योर गेम्स’ 
केबी साम एनकेएलको पूर्वसन्ध्यामा बुधबार नै नेपाल खेलकुद पत्रकार मञ्चले ‘नो योर गेम्स’ सञ्चालन गर्‍यो।
उक्त कार्यक्रममा एनकेएलका टेक्निकल डिरेक्टर प्रसाद रावले कबड्डीको प्राविधिक पक्ष, नियम र प्रचलनबारे जानकारी दिएका थिए। उनी भारतको प्रो कबड्डी लिग (केपिएल) का पनि टेक्निकल डिरेक्टर हुन्। त्यस्तै अखिल नेपाल कबड्डी संघका सचिव तर्कराज भट्टले नेपाली कबड्डीको अवस्थाबारे बताएका थिए।

नेपाली राष्ट्रिय पुरुष टिमका कप्तान घनश्याम रोकामगरसहित एनकेएलका केही खेलाडी प्रो कबड्डी लिगका अनुभवी छन्। उनले यो सिजनको प्रो कबड्डी लिग हरियणा स्टिलर्सबाट खेल्दै दुई साताअघि उपाधि जितेका थिए। एनकेएलमा स्वदेशी ६६ र विदेशी १८ खेलाडी छन्। थाइल्यान्ड र बंगलादेशका ६–६, श्रीलंकाका र केन्याका ३–३ जना छन्। हरेक टिममा स्वदेशी–विदेशी गरी १४ खेलाडी छन्।

एनकेएलको पहिलो सिजनमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्स सहभागि छन्। राउन्ड रोबिन लिगको शीर्ष चारमा रहने टिम नकआउट चरणमा प्रवेश गर्नेछन्, जहाँ इलिमिनेटर र क्वालिफायर खेल्दै फाइनल खेल्ने दुई टिमको टुंगो लाग्नेछ। उद्घाटन खेलमा काठमाडौं माभरिक्स र पोखरा लेकर्स भिड्नेछन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना

फक्रिँदै क्वारात्स्खेलिया

फक्रिँदै क्वारात्स्खेलिया

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा