माउन्ट जियोन्टलाई अन्तर्राष्ट्रिय स्कुल चेस च्याम्पियनसिपको उपाधि
सोमबार, पुष २९, २०८१खेलपाटी संवाददाता

ललितपुर। स्कुल चेस च्याम्पियनसिपको उपाधि भारत सिक्किमको माउन्ट जियोन्ट किड्जी स्कुलले जितेको छ।
छात्र र छात्रा गरी यु–११, यु–१३ र यु–१५ उमेर समूहका विद्यार्थीबिच भएको ६ वटा इभेन्ट्समा दुई स्वर्ण , एक रजत र एक कास्य पदकसहित कुल ११ अंक बटुलेर माउन्ट जियोन्ट च्याम्पियन बनेको हो।
नेपाल बुद्धिचाल संघको प्राविधिक सहयोगमा स्विस लिग प्रणालीका आधारमा (७ राउन्डमा) सञ्चालन गरिएको प्रतियोगितामा स्वर्णलाई ४ अंक , रजतलाई २ अंक र कांस्यलाई १ अंक प्रदान गरिएको हो। आयोजक पुष्प सदन ३ रजत र १ कांस्य पदक जित्दै ७ अंकसहित दोस्रो भयो।
यसै गरी तेस्रो स्थान हासिल गरेको मार्बेलस स्कुलले १ स्वर्ण र २ कांस्यसहित ६ अंक जोडेको छ।







-1762154705887.png&w=3840&q=75)


-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)



