बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

प्रो कबड्डी च्याम्पियन घनश्याम एनकेएलका सबभन्दा ठूला स्टार

सोमबार, २९ पौष २०८१खेलपाटी संवाददाता
प्रो कबड्डी च्याम्पियन घनश्याम एनकेएलका सबभन्दा ठूला स्टार
Loading ad...
mustang rice ad

काठमाडौं। भारतमा इन्डियन प्रिमियर लिग क्रिकेटपछिको सर्वाधिक लोकप्रिय प्रतियोगिता हो प्रो कबड्डी लिग। जसको फाइनलमा पटना पाइरेट्सलाई पराजित गर्दै हरियणा स्टिलर्स च्याम्पियन भएको थियो। यही च्याम्पियन टिमका रेइडर्स घनश्याम रोका मगर नेपाल कबड्डी लिग (एनकेएल) काठमाडौं आइपुगेका छन्।

नेपाली राष्ट्रिय पुरुष कबड्डी टिमका कप्तान पनि हुन् घनश्याम। २१ वर्षीय उनकै उत्कृष्ट प्रदर्शनमा नेपाली टिम गत वर्ष बंगलादेशमा भएको चौथो बंगबन्धु कबड्डी कपमा उपविजेता भएको थियो। र, उक्त प्रतियोगितामा घनश्यामले मोस्ट भ्याल्युएबल प्लेयरको अवार्ड नै जितेका थिए। नेपाली कबड्डीका यी सबभन्दा ठूला स्टार एनकेएलमा काठमाडौं माभरिक्सका मार्की खेलाडी हुन्।

फ्रेन्चाइज टिमको अवधारणामा पहिलोपल्ट आयोजना गर्न लागिएको एनकेएल माघ ४ गते सुरु हुँदैछ। एनकेएलप्रति घनश्याम निक्कै उत्साहित छन्। लिबाङ, रोल्पा घर भएका उनले सोमबार आयोजित कार्यक्रममा भने, ‘नेपालमा यस्तो (एनकेएल) प्रतियोगिता पहिला कहिल्यै भएको थिएन। यसपालि खेलाडीले राम्रो पैसा पाउँदैछन्। कर्पोरेट हाउसहरूले टिम खरिद गरेका छन्। खेलाडी, कोच सबैले राम्रो सुविधा पाएका छन्।’

विदेशी खेलाडीको आगमन, स्वदेशको नियमित प्रशिक्षणसँगै एनकेएलले नेपाली खेलाडीको स्तर वृद्धि गर्ने उल्लेख गर्दै उनले भने, ‘एनकेएलले नेपाली कबड्डीलाई व्यावसायिक रुपमै स्थापित गर्ने विश्वास छ। एनकेएल भविष्यमा नेपाली खेलकुदकै ठूलो प्रतियोगिताको रूपमा स्थापित हुने आशा गरेको छु।’

घनश्यामले दुई सिजन प्रो कबड्डी लिग खेलेका छन्। गत सिजन पनि हरियणा स्टिलर्सबाटै खेल्दा उनी प्रो कबड्डी लिगमा उपविजेता बनेका थिए। यसपालि भने च्याम्पियन नै भएका हुन्। पुनेमा जितेको उपाधिको खुसीयाली हरियणामा बनाएर उनी स्वदेश फर्किएका हुन्।

एस्ट्रोनिक्स म्यानेजमेन्टद्वारा आयोजित एनकेएलको माघ ४ गते हुने उद्घाटन खेलमा काठमान्डु माभरिक्स र पोखरा लेकर्स भिड्दैछन्। विराटनगर ब्यान्डिट्सले पहिलो खेलमा धनगढी वाइल्डक्याट्सको सामना गर्नेछ। जनकपुर नाइट्सले बुटवलको हिमालयन रेइडर्सविरुद्ध प्रतिस्पर्धा गर्दै एनकेएलमा डेब्यु गर्नेछ।

६ सहरका ६ टिम सहभागी एनकेएलको राउन्ड रोबिन लिगमा १५ खेल हुनेछ, जसको शीर्ष चार टिम नकआउट चरणमा प्रवेश गर्नेछन्। लिगका शीर्ष दुई टिमले माघ १४ गते क्वालिफाइर १ खेल्नेछ, जसको विजेता सीधै फाइनलमा पुग्नेछ।

लिगमा तेस्रो र चौथो स्थानमा रहेका टिमले माघ १४ गते नै इलिमिनेटरमा खेल्नेछ, जसको विजेता क्वालिफायर २ मा पुग्नेछ। क्वालिफायर १ मा पराजित भएका टिम र इलिमिनेटरका विजेताबिच माघ १६ गते हुने क्वलिफायर २ मा जित हासिल गर्ने टिमले फाइनलमा स्थान पाउनेछ। फाइनल माघ १८ गते हुनेछ। एनकेएल खेल्न थाइल्यान्ड, बंगलादेश र श्रीलंकाबाट १८ खेलाडी पनि काठमाडौं आइसकेका छन्।

हेर्नुस् पूरा भिडियो–

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना

फक्रिँदै क्वारात्स्खेलिया

फक्रिँदै क्वारात्स्खेलिया