काठमाडौं। प्रथम खो खो विश्वकपमा सहभागी हुन ५० खेलाडीसहित ५३ सदस्यीय नेपाली टोली शनिबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ।
पुस २९ देखि माघ ६ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुने नेपाली टोलीमा १५–१५ पुरुष/महिला खेलाडी, २ प्रशिक्षक र २ सहायक प्रशिक्षक छन्। विश्वकपमा पुरुषमा २० र महिलामा १९ टिमको सहभागिता रहने नेपाल खो खो संघका अध्यक्ष प्रदीप महर्जनले जनाएका छन्।
टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे।