बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

एरिकासहित अन्तर्राष्ट्रिय पदक विजेतालाई १ करोड १ लाख ४० हजार नगद पुरस्कार

मंगलबार, २३ पौष २०८१खेलपाटी संवाददाता
एरिकासहित अन्तर्राष्ट्रिय पदक विजेतालाई १ करोड १ लाख ४० हजार नगद पुरस्कार
Loading ad...
mustang rice ad

काठमाडौं।  सरकारले विभिन्न तीन खेलका अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता खेलाडीसहितको टोलीलाई सोमबार नगद पुरस्कार प्रदान गरेको छ । राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को अनुसूची– ४ को बुँदा नं. १४ मा व्यवस्था भएको पुरस्कार प्रदान गरिएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सिफारिस र युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा तीन खेलका पदक विजेतासहितको टोलीलाई नेपाल सरकारले कुल १ करोड १ लाख ४० हजार नगदबाट पुरस्कृत ग¥यो ।

गत कात्तिक १ देखि १४ गतेसम्म काठमाडौंमा भएको साफ महिला फुटबल च्याम्पियनसिपको रजत विजेता २३ खेलाडीसहित २८ सदस्यीय टोलीलाई ७४ लाख ६० हजार रुपैयाँ नगद पुरस्कार दिइयो । खेलाडीहरु अञ्जिला तुम्बापो सुब्बा, पूजा राना, अमृत जैसी, हिराकुमारी भुजेल, रेनुका नगरकोटे, सरु लिम्बू, रश्मीकुमारी घिसिङ, गीता राना, प्रीति राई, सविता राना मगर, अमिशा कार्की, उषा नाथ, विमला विक, समिक्षा घिमिरे, अनिता बस्नेत, रेखा पौडल, अनिता केसी, विमला चौधरी, अन्जना राना मगर, निशा थोकर, सजनी ठोकर, दिपा शाही र सावित्रा भण्डारीले जनही ३ लाख नगद पुरस्कार पाए ।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले २ लाख, सहायक प्रशिक्षक भगवती थापा र सहायक प्रशिक्षक (गोलकिपिङ) विनोद महर्जनले समान ६०–६० हजार तथा व्यवस्थापक विन्द्रा देवान र फिजियोथेरापिष्ट नविना श्रेष्ठले समान १ लाख २० हजार/१ लाख २० हजार नगद पुरस्कार प्राप्त गरे । अन्जिला, पूजा, अमिशा, समिक्षा, रेखा, सजनी र सावित्रा भने कार्यक्रममा उपस्थित थिएनन् ।

गत असोजमा चीनको हाङझावमा भएको २० औं एसियाली सिनियर कराते च्याम्पियनसिपका पदक विजेता समान १–१ खेलाडी र प्रशिक्षकलाई कुल ७ लाख ८० हजार प्रदान गरियो । महिला ६८ केजीमाथि ऐतिहासिक रजत जितेकी एरिका गुरुङलाई ६ लाख तथा प्रशिक्षक कुशल श्रेष्ठलाई १ लाख ८० हजार नगद पुरस्कृत भए ।

गत साउनमा भुटानको थिम्पुमा भएको काभा बिच पुरुष तथा महिला भलिबल प्रतियोगिताका पदक विजेता ४ खेलाडी र १ प्रशिक्षक गरी ५ जनालाई जम्मा १९ लाख नगद पुरस्कार वितरण गरियो । स्वर्ण विजेता महिला टोलीका कमला पुन र मनीषाकुमारी चौधरीले जनही ५ लाख नगद पुरस्कार प्राप्त गरे । रजत विजेता पुरुष टोलीका मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारले समान ३–३ लाख नगद पुरस्कार हात पारे । मान र दिलको पनि कार्यक्रममा उपस्थित  थिएन । दुवै टोलीका मुख्य प्रशिक्षक रुपेशकुमार विष्टले ३ लाख नगद पुरस्कार प्राप्त गरे ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना

फक्रिँदै क्वारात्स्खेलिया

फक्रिँदै क्वारात्स्खेलिया