अंकित र आयुषले सार्क स्नुकर च्याम्पियनसिप खेल्दै

काठमाडौं। अंकितमान श्रेष्ठ र आयुष गौतमले नेपालको प्रतिनिधित्व गर्दै तेस्रो सार्क स्नुकर च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछन्।
च्याम्पियनसिप श्रीलंकाको राजधानी कोलम्बोस्थित मुर्स स्पोर्ट्स क्लबमा मंगलबार सुरु हुँदैछ। च्याम्पियनसिपमा उनीहरूसँगै दक्षिण एसियाली पाँच राष्ट्रका १२ खेलाडीले लिगकम नकआउटको आधारमा शुक्रबारसम्म चल्नेछ।
तीन समूहका लिग चरणका खेल मंगलबार र बुधवार हुँदैछ। नेपाल बिलियर्ड, स्नुकर एन्ड पुल एसोसिएसनका अध्यक्ष सरोज कुमार मुल्मीका अनुसार समूहका शीर्ष दुईसँगै ब्रेक र फ्रेमका आधारमा उत्कृष्ट दुई गरी आठ खेलाडी नकआउट चरणमा प्रवेश गर्नेछन्।
‘हामीले लगातार तेस्रोपल्ट सार्क स्नुकर च्याम्पियनसिपमा सहभागी भएका छौं,’ कोलम्बोबाट अध्यक्ष मुल्मीले भने, ‘यसपालि अंकित र आयुषले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरेका छौं।’ अघिल्ला दुई संस्करण बंगलादेशमा भएको थियो।







-1762154705887.png&w=3840&q=75)

-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)


