आगामी चैतमा १७औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिता
-1736152112.jpg&w=3840&q=75)
काठमाडौं। १७औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिता आगामी चैतमा हुने भएको छ।
आयोजक नेपाल व्यायाम मन्दिले सोमबार धर्मश्री प्रतियोगितालाई निरन्तरता दिन धर्मश्री शारीरिक सुगठन, पूर्वमेयर पिएलसिंह मेन्स फिजिक्स १७० सिएम ओभर अन्डर राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिता तथा वुमेन्स वडिविल्डिङ ओपन र ५० वर्षभन्दा माथिका खुला मास्टर शारीरिक सुगठन प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो।
करिब ६०० जना खेलाडीहरूको सहभागिता रहने यस प्रतियोगिता आगामी चैत्र ७, ८ र ९ गते नेपाल राजकिय प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ। यस प्रतियोगिताको प्रत्येक तौल समूहबाट ६ जना खेलाडी छनोट गरिने आयोजकले जनाएको छ।
यस प्रतियोगितामा करिब एक करोड रुपैयाँ अनुमानित खर्च रहने बताइएको छ। धर्मश्री विजेताले १२ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै, दोस्रोले ६ लाख र तेस्रोले तीन लाख हात पार्ने छन्। आयोजकका अनुसार छैटौं नम्बरसम्म आउनेलाई रकम पुरस्कार दिइने छ। यस्तै, तौल समूहमा पनि रकम पुरस्कार राखिएको छ।







-1762154705887.png&w=3840&q=75)

-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)


