रग्बीका सिर्जना र रोहन वर्ष खेलाडी घोषित
शनिबार, पुष २०, २०८१खेलपाटी संवाददाता

काठमाडौं । नेपाल रग्वी संघले सिर्जना राई र रोहन डंगोललाई वर्ष खेलाडी घोषित गरेको छ ।
शनिबार वार्षिक साधारण सभाको अवसरमा संघले वर्ष खेलाडीबाट दुई खेलाडीलाई सम्मान गरेको हो ।
महिलातर्फ सिर्जना र पुरुषतर्फ रोहन वर्ष खेलाडी घोषित भएका हुन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले वर्ष उत्कृष्ट खेलाडीलाई अवार्ड वितरण गरेका थिए ।
साधारण सभा वार्षिक प्रतिवेदन पारित गर्दै शनिबारनै सम्पन्न भएको संघका महासचिव गोबिन्द घिमिरेले बताएका छन् ।








-1762154705887.png&w=3840&q=75)

-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)


