धरान। धरान मेघा यु–१८ रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिताको उपाधि आयोजक धरान मेघाले चुमेको छ।
धरान मेघा कलेजको आयोजनामा आयोजित प्रतियोगिताको अत्यन्तै प्रतिस्पर्धात्मक फाइनलमा आयोजक धरान मेघा कलेजले होलिल्याण्ड इन्टरनेसनल स्कुललाई थप समयमा ६२–५९ अंकको अन्तरले पराजित गर्दै उपाधि चुमेको हो। निर्धारित समयसम्म दुवै टिमले ५५–५५ बरावर अंक जोडे पछि चार मिनट समय थप गरिएको थियो।
थप समयमा धरान मेघाले ७–४ अंकको अग्रता लिँदै उपाधि जितेको हो। निर्धारित समयको प्रत्येक क्वाटरमा धरान मेघा र होलिल्याण्ड्ले १६–८, ४–८, २०–१९ र १५–१० अंक जोडेका थिए। फाइनल खेलमा धरान मेघाका प्रशान्त तामाङले उत्कृष्ट प्रदर्शन गर्दै व्यक्तिगत ३३ अंक जोडेका थिए।
उपाधिसँग धरान मेघा कलेजले २५ हजार रुपैयाँ प्राप्त ग¥यो। उपविजेता होलिल्याण्ड स्कुलले १२ हजार पाँच सय रुपैयाँ प्राप्त ग¥यो। प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयरको धरान मेघाका प्रशान्त तामाङ घोषित भए। उनले दुई हजार ५ सय, प्राप्त गरे। प्रतियोगिताको उदयमान खेलाडी मेघा कलेजका सिजन गुरुङले प्राप्त गरे। उनले एक हजार प्राप्त गरे।