बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

कबड्डी लिगमा ड्राफ्टबाट ८४ खेलाडी छनोट

आइतबार, ३० मंसिर २०८१खेलपाटी संवाददाता
कबड्डी लिगमा ड्राफ्टबाट ८४ खेलाडी छनोट
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाल कबड्डी लिग (एनकेएल) को पहिलो संस्करणको लागि टिमका प्रशिक्षक, मार्की खेलाडीको घोषणासँगै खेलाडीको ड्राफ्ट आइतबार सम्पन्न गरिएको छ। ड्राफ्टबाट ६ टिमले ८४ खेलाडी छनोट गरेका छन्।

एस्ट्रोनिक्स म्यानेजमेन्ट प्रालिले आयोजना गर्ने एनकेएलमा ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्नेछन्। जसमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्स छन्।

विराटनगरले लोकबहादुर विष्ट, जनकपुरले पार्वती राई, काठमान्डुले सरोजकुमार सिंह, पोखराले विष्णुदत्त भट्ट र धनगढीले महेश बोहरालाई प्रशिक्षक बनाएका छन्। बुटवलको हिमालयन रेइडर्सले दुई जना प्रशिक्षक राखेका छन्। जसमा सन्दीप पन्त र भारतका पोथुगान्ती सतीशकुमार छन्।

१९ औं एसियाली खेलकुदमा नेपाली महिला टिमले कांस्यपदक जित्दाकी प्रशिक्षक पार्वतीले पुरुष टिम सम्हाल्ने सम्भवतः पहिलो नेपाली प्रशिक्षक बन्ने अवसर पाएकी छन् भने भारतका सतीशकुमार प्रो कबड्डी लिगका पूर्वखेलाडी हुन्।

प्रशिक्षकपछि मार्की खेलाडी घोषणा गरिँदा विराटनगरमा कल्याण भुजेल, धनगढीमा पदमबहादुर विष्ट, हिमालयनमा गणेश पार्की, जनकपुरमा रामु टमाटा, काठमान्डुमा घनश्याम रोका मगर र पोखरामा प्रदीप मिजार परेका छन्। भारतको प्रो कबड्डी लिगमा आबद्ध घनश्याम नेपाली राष्ट्रिय टिमका कप्तान पनि हुन्।

प्रशिक्षक र मार्कीको छनोटपछि एनकेएलमा खेलाडीको ड्राफ्ट गरियो। ड्राफ्टमा ९२ जना नेपाली र २५ विदेशी गरी कुल १ सय १७ खेलाडी रहेका थिए। विदेशी खेलाडीमा थाइल्यान्ड, श्रीलंका, बंगलादेश र केन्याका थिए।

प्रशिक्षकहरूले आ–आफ्नो रणनीतिअनुसार ड्राफ्टबाट ६ टिमले ८४ खेलाडी लिएका छन्। जसमा ६६ नेपाली र १८ जना विदेशी खेलाडी छन्। प्रत्येक टिममा १४ खेलाडी छन्। हरेक टिमले २ देखि ४ जनासम्म विदेशी खेलाडी लिएका छन्।

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले भने, ‘निजी क्षेत्रबाट देशको खेलकुदको लागि ठूलो योगदान भइरहेको छ। ठूला कार्यक्रम आइरहेका छन्। यसमा एनकेएल पनि आएको छ। एनकेएलको सुरुआतले कबड्डीलाई नेपालमा विकास, विस्तार र व्यावसायिकताको मार्गमा लाने विश्वास छ।’

आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयरमेन अमित बेगानीले भने, ‘मधेशमा निक्कै लोकप्रिय खेलको रूपमा रहेको कबड्डीलाई हामीले नयाँ उचाइ दिनको लागि एनकेएल ल्याएका छौं। यसले कबड्डी खेलेरै पनि खेलाडीले केही गर्न सक्छ भन्ने देखाउन चाहन्छौं। वास्तवमै हामी कबड्डीलाई एनकेएलमार्फत् व्यावसायिक खेलको रूपमा स्थापित गर्न चाहन्छौं।’

नेपाल कबड्डी लिग (एनकेएल) टिम

टिम प्रशिक्षक मार्की खेलाडी
विराटनगर ब्यान्डिट्स लोकबहादुर विष्ट कल्याण भुजेल
जनकपुर नाइट्स पार्वती राई रामु टमाटा
काठमाडौं माभरिक्स सरोजकुमार सिंह घनश्याम रोका मगर
पोखरा लेकर्स विष्णुदत्त भट्ट प्रदीप मिजार
हिमालयन रेइडर्स सन्दीप पन्त/पोथुगान्ती सतीशकुमार गणेश पार्की
धनगढी वाइल्डक्याट्स महेश बोहोरा पदमबहादुर विष्ट
Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना