काठमाडौं महानगरपालिकाबाट संगिना सम्मानित
शनिबार, २९ मंसिर २०८१खेलपाटी संवाददाता

काठमाडौं। काठमाडौं महानगरपालिकाले तेक्वान्दोकी संगिना वैद्यलाई शनिबार नगदसहित सम्मान गरेको छ।
काठमाडौं महानगर स्थापनाको ३० औं महानगर दिवसका अवसरमा आयोजित कार्यक्रममा तेक्वान्दो खेल मार्फत स्वदेश तथा विदेशमा नेपालको गरिमा बढाउन तथा नेपालको खेलकुद क्षेत्रको विकास गर्न पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो।
संगीनालाई उपराष्ट्रपति रामसाहय प्रसाद यादवले नगद १ लाख ५० हजारसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे। छनोट भएर ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी संगिना एसियाली तेक्वान्दो च्याम्पियनसिपकी स्वर्ण विजेता हुन्। संगीनाले आठौं र नवौं दक्षिण एसियाली खेलकुदमा पनि स्वर्ण जितेकी छन्।





-1788105755828.jpeg&w=3840&q=75)
-1786356600323.jpeg&w=3840&q=75)
-1786288850962.jpeg&w=3840&q=75)



-1788059680773.webp&w=3840&q=75)



