नेपालले आमन्त्रित हक्की प्रतियोगिता खेल्ने
-1734182448.jpg&w=3840&q=75)
काठमाडौं। नेपालले मलेसियामा हुने आमन्त्रित हक्की प्रतियोगितामा सहभागिता जनाउने भएको छ । यो १६ वर्षमुनिका खेलाडीका खेलाडीले भाग लिने फेस्टिबल प्रतियोगिता हुनेछ । प्रतिस्पर्धा हक्की फाइभ्सका आधारमा हुनेछ । टिममा पुरुष र महिला दुवै खेलाडी हुनेछन् । प्रतियोगिता डिसेम्बर १७ देखि २१ सम्म हुनेछ ।
नेपाली टिम कुल १३ सदस्यीय रहेको छ । सहभागी हुने खेलाडीमा महिलातर्फ अनुष्का थापा, बन्दना भट्ट, सबिना राजवंशी र तुलसी बोहरा रहेका छन् । यस्तै पुरक्ष खेलाडीमा रोनाशकुमार यादव, सुदीप चौधरी, विवेक विक, सुजल महर्जन, रोशन परियार र सुशान्त रोकाया छन् । टिमका व्यवस्थापकमा हितकुमार गुरुङ र प्रशिक्षकमा दीपक खतिवडा छन् ।
यस्तै मनीषप्रसाद भट्टले प्रतियोगितामा अम्पायरको पनि भूमिका निभाउने छन् । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले शनिबार सातदोबाटोमा आयोजित कार्यक्रमबीच टिमको बिदाइ गरे । त्यस अवसरमा नेपाल हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्माले टिमको सफलताको शुभकामना व्यक्त गरे ।







-1762154705887.png&w=3840&q=75)





-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)