पोखरा। पोखरामा मंसिर अन्तिम साता हार्वड खुला स्क्रयाबल प्रतियोगिता आयोजना हुने भएको छ। पोखरा १५ मा रहेको हार्वड एकेडेमीमा आउँदो मंसिर २९ र ३० गते प्रतियोगिता आयोजना गर्न लागेको हो। स्क्रयाबल शब्द बनाउने खेल हो।
स्क्रयाबल क्लबको प्राविधिक सहयोगमा दुई दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।
प्रतियोगितामा १२ विभिन्न जिल्लाका एक सय जना खेलाडीहरु सहभागी हुने भएको एकेडेमीका प्रधानाध्यापक श्रीकृष्ण अधिकारीले बताए। प्रतियोगिता विभिन्न उमेर समुह य'-१२, यु-१४, यु- १६ र यु- १८ को इभेन्टमा प्रतिस्पर्धा हुनेछन्। सहभागी हुनेहरूमा कास्कीबाट ४५ र बाहिरी जिल्लाबाट ५५ जना रहेको अधिकारीले जनाए।
विजेता खेलाडीलाई जनही तीन हजार रुपैयाँ प्राप्त गर्नेछन्।