शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

बिनिता नेशनल बी चेसकी च्याम्पियन 

शुक्रबार, २१ मंसिर २०८१खेलपाटी संवाददाता
बिनिता नेशनल बी चेसकी च्याम्पियन 
Loading ad...
mustang rice ad

भक्तपुर । नेपाल बुद्धिचाल महासंघ र भक्तपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा सञ्चालन भइरहेको नेशनल बी चेस प्रतियोगितामा काठमाडौंकी बिनिता कपाली वुमन च्याम्पियन भएकी छिन्। 

यससँगै बिनिताले माघमा हुने १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा आफ्नो सशक्त दाबेदारी प्रस्तुत गरेकी छिन्। उनले अन्तिम सातौं चरणको स्पर्धामा धनुषाकी शान्ति धिमाल माथि जीत दर्ता गर्दै ६ दशमलव ५ अंक जोडेर विजयी बनेकी हुन् । 

यस्तै चितवनकी लक्ष्मी कँडेल ५ दशमलव ५ अंक बनाएर दोश्रो स्थानमा रहन सफल भइन्। उनले पनि राष्ट्रिय खेलमा स्थान सुरक्षित बन्न काठमाडौकि एञ्जेल महर्जनसँग बराबरी खेलेकी छिन्। 

समान ४ दशमलव ४ अंक जोडेर संयुक्त तेस्रो स्थान ओगट्दै छनौट हुने क्रममा नेपालगञ्जकी ईशा गिरी, धनुषाकी शान्ति धिमाल, काठमाडौकी दानिशा पुरी, पर्साकी शुशीला गुरुङ, झापाकी पुनम प्रसाईं र काठमाडौकी एञ्जल महर्जन रहेकी छिन्। 

काठमाडौकी रिया श्रेष्ठ ३ दशमल ५ अंक जोडेर ९ औं  स्थान प्राप्त गर्न सफल भइन्। रियासँगै यी ९ खेलाडीले गत राष्ट्रिय प्रतियोगिताका शीर्ष ३ खेलाडी काठमाडौकी सिन्दिरा जोशी, झापाकी कृतिसारा अधिकारी र मकवानपुरकी पूजा भण्डारीसंग प्रतिस्पर्धामा उत्रने पक्का भएको छ। 

यसैगरी भक्तपुरको बाचमारीस्थित होटल सिटि गाउँ सभाहलमा सम्पन्न ८ औं चरणको खेल पश्चात् पुरुषतर्फ काठमाडौंका पुरुषोत्तम सिलवाल, दोलखाका आशिष फूँयाल र रौतहटका एफएम रुपेश जैसवाल समान ६ दशमलव ६ अंक जोडेर संयुक्त पहिलो स्थानमा रहन सफल भएका छन्। 

काठमाडौका धिरेन राई, ललितपुरका सुरोज महर्जन, काठमाडौंका एफएम रिजेन्द्र राजभण्डारी, मकवानपुरका सिएम मिलन लामा, भक्तपुरका निकेन कुसाथा समान ५ दशमलव ५ अंक बनाउँदै संयुक्त दोश्रो स्थानमा छन्। 

काठमाडौका सुरज सिंह, धनुषाका सुशील चौधरी, काठमाडौका विनय थापा, सिएम नवीन तण्डुकार र प्रेमकृष्ण महर्जन ५ दशमलव ५ अंक बटुल्दै संयुक्त तेस्रो स्थानमा छन्। 

भक्तपुर सूर्य विनायक नगरपालिकाको प्रमुख प्रायोजनमा सञ्चालन भइरहेको नेशनल बी चेस प्रतियोगितामा ४० जना राष्ट्रिय खेलाडीहरुले छनौटका लागि प्रतिस्पर्धा गरिरहेका छन्।  

पुरुषतर्फ जम्मा ९ जना खेलाडी छनौट भइ गत राष्ट्रिय च्याम्पियन शीर्ष तीन खेलाडी झापाका राजन सुवेदी, शुश्रुत दाहाल र मकवानपुरका क्षितिज भण्डारीसँग २५ औं नेपाल च्याम्पियन प्रतिस्पर्धामा स्पर्धा गर्नेछन्। 
 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना