काठमाडौं विश्वविद्यालयमा मोटर स्पोर्ट्स

काठमाडौं। ‘अल नेपाल गो–कार्ट कम्पिटिसन कलेज–टु–कार्ट्स ‘ को तयारी पूरा भएको छ।
काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरूको इनोभेटिभ अभियान अभियन्ता २४ नामक वार्षिक फ्लागसिप कार्यक्रमको सन्दर्भमा हुने उक्त इभेन्ट नेपाल अटोमोबाइल्स एसोसिएसनको ‘कलेज टु कार्ट्स’ इभेन्टसँग समन्वयन गरिएको राष्ट्रिय इभेन्ट हो । उक्त कार्यक्रम धुलिखेलको हिमालयन मोटर ल्यान्डमा हुने र सो कार्यक्रमको सहभागीहरूको ट्रेनिङ तथा ओरेन्टेशन काठमाडौं विश्वविद्यालयको सभा हलमा हुने भएको छ ।
उक्त ओरेन्टेशनमा कार्ट्सको डिजाइन तथा सुरक्षा विधि, प्रतियोगिताको नियमहरू, मर्शलिंग विधि, तथा राष्ट्रिय मोटो स्पोर्ट्सको ड्राइभरको प्रशिक्षण, लाइसेन्स तथा महिला कार्ट्स ड्राइभरको लागि छुट्टै प्रशिक्षणसमेत दिइने भएको छ। जसले आगामी महिना धुलिखेलमै हुने ‘माउन्ट एभरेस्ट मोटरस्पोर्टस फेस्टिभल २०२४‘ मा सहभागिताको अवसर पाउने छन् ।
इभेन्टमा नेपालभरिका विभिन्न पाँच वटा इन्जिनियरिङ कलेजका सात वटा टिम र उनीहरूले तयार गरेका कार्ट्स हरुको प्रतिस्पर्धा हुनेछ र प्रत्येक टिमबाट सात जना गरी जम्मा ४९ विद्यार्थीहरूको सहभागिता रहने जनाइएको छ । जसको एक विजयी उत्कृष्ट खेलाडीले आगामी वर्ष श्रीलंकामा हुने एसिया प्यासिफिक मोटो स्पोर्ट चम्पिओंनशिपमा नासा नेपालको तर्फबाट सहभागिताको अवसर पाउने छन् । सम्बन्धित कलेजका खेलाडीले आफ्नो कलेजको सबै टिम सदस्यसमेत प्रतिस्पर्धा गर्ने छन् । जसबाट प्रत्येक कलेजको विजेता समेत घोषणा गरिने छन् ।
विद्यार्थीहरूले सो इभेन्टमा आ–आफ्नो विज्ञता र कौशलता अनुरूप सीप, डिजाइन, सृजनशीलता प्रदर्शन गर्दै प्रतिस्पर्धा उत्रने भएका छन् । सरकारी ड्राइभिङ तथा राइडिङ लाइसेन्स प्राप्त सहभागीहरूले नासा नेपालको ‘मोटर स्पोर्ट्स इन दि बक्स’ कार्यक्रममा सहभागी हुन सक्ने छन् जहाँ उनीहरूले कार्ट्सको छुट्टै प्रतियोगिता सहभागी हुन सक्ने छन् ।
सानीमा हाइड्रोपावर, डब्लू डी एन, नेपाल टेलिकम र अस्टेक नेपालद्वारा प्रायोजित तथा सहकार्य रहेको सो इभेन्ट नासा नेपालमासमेत आबद्ध छ। सो इभेन्टको कुल पुरस्कार राशि नगद एक लाख छ ।







-1762154705887.png&w=3840&q=75)





-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)