शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. अञ्जन भन्छन्, ‘लिग नहुँदा एकदम गाह्रो भएको छ’

अञ्जन भन्छन्, ‘लिग नहुँदा एकदम गाह्रो भएको छ’

२०२४ नोभेम्बर ९, शनिबारखेलपाटी संवाददाता

अञ्जन भन्छन्, ‘लिग नहुँदा एकदम गाह्रो भएको छ’

काठमाडौं। उपत्यकाका क्लबहरूको प्रतियोगिता सहिद स्मारक ए डिभिजन लिगको पछिल्लो संस्करण सकिएको १७ महिना भएको छ। अर्को सिजन कहिले हुन्छ अझै टुंगो छैन।

नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजन सकिएको पनि ११ महिना टेक्यो। तर, नयाँ सिजनको मिति अझै तोकिएको छैन। राष्ट्रिय लिग नभएको त नौ वर्ष नै भइसक्यो। त्यसैले बर्सैपिच्छे सञ्चालन हुनुपर्ने माथिल्लो स्तरका लिग नियमित नहुँदा नेपाली फुटबल खेलाडीहरू बेरोजगार बनेका छन्। अर्थात्, फुटबलरको कमाई शून्य भएको छ।

राष्ट्रिय टिमका फरवार्ड अञ्जन विष्ट भन्छन्, ‘कुनै व्यापारीले व्यापारै गर्न पाएन भने सबै घाटा नै हुन्छ। लिग नहुँदा हाम्रो अवस्था पनि त्यस्तै हो। अहिले लिग नहुँदा सबैलाई एकदम गाह्रो भएको छ।’ उनी नेपाली टिमसँगै डुसान्बेमा आउने साता ताजिकिस्तान र अफगानिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलको अन्तिम तयारीमा छन्।

शीर्ष लिग नहुँदा खेलाडीले बेहोर्नुपरेको परिस्थितिबारे अञ्जन भन्छन्, ‘हामी फुटबल खेल्छु भनेर आएको हो, जसले आफ्नो भविष्य नै फुटबलमा देखेको हुन्छ। घरेलु लिग हुँदा कतै घरको चुलो बलेको हुन्छ, कतिले परिवार हेर्नुपर्ने हुन्छ, कतिको ऋण तिर्नुपर्ने हुन्छ। लिग नहुँदा एकदम धेरै आर्थिक संकट हुन्छ। आशा गरौं चाडै एन्फाले लिग सुरु गर्छ। यो पालि मात्रै होइन, नियमित लिग भइरहे हामी सबैलाई सजिलो हुन्छ।’

नियमित लिग नहुँदा राष्ट्रिय टिममा परेको असरबारे उनले भने, ‘कति भाइहरूको अनुभव हुँदैन। खेल्न त राम्रो खेल्छन् तर अनुभवले फरक पार्छ। नेपालमा फुटबल खेलाडी प्रशस्त छ तर उनीहरूले खेल्ने अवसर पाइरहेको छैन, राम्रो लिग पाइरहेको छैन। त्यसैले गर्दा खेलाडी बाहिरिइरहेको (विदेश) छ। मुख्य कुरा लिग हुनुपर्‍यो।’

नेपालले घरेलु टिम ताजिकिस्तान १३ नोभेम्बर र अफगानिस्तानविरुद्ध १६ नोभेम्बरमा डुसान्बेमा खेल्दै छ। माथिल्लो स्तरका दुई टिमविरुद्ध हुने मैत्रीपूर्ण खेलको लागि नेपाली टिमबारे अञ्जनले भने, ‘युवा टिम छ, ९० मिनेट डटेर खेल्छ। अन्त्यसम्मै भिडेर खेल्नेछौं। धेरै खेलाडी युवा छन्, उनीहरूलाई अनुभवको असर हुन्छ। कम्तीमा यत्तिका दिनपछि खेल्न पाइरहेको छ र यो नै एउटा रामो पक्ष हो।’ नेपाली टिम ५ महिनापछि मैदानमा फर्किन लागेको हो।

तोडिएला रेकर्ड ?
नेपाली पुरुष टिमको लागि हरि खड्का, नीराजन रायमाझीसँगै सर्वाधिक १३ गोलको कीर्तिमानका साझेदार हुन् अञ्जन। तर, उनी १४औं गोलको लागि संघर्षरत छन्। नेपालको जर्सीमा गोल गर्न नसकेको एक वर्ष भइसक्यो।

‘म कहिले रेकर्ड सम्झेर खेल्दिन, आफैले आफैलाई दबाब दिन मन लाग्दैन,’ २६ वर्षीय अञ्जनले भने, ‘म अझै युवा छु। मैले अझै धेरै गेम खेल्न बाँकी छ, धेरै वर्ष खेल्न बाँकी छ। त्यसैले म एकदम गम्भीर भएर गोल हान्छु, रेकर्ड बनाउँछु भन्ने दबाब लिन चाहँदिन। मेरो देशको लागि खेल्न मात्रै चाहन्छु। जितको लागि खेल्नुपर्छ, जित्नुपर्छ भन्ने भावना चाहिँ छ। जित्दाखेरि कहिले मैले गोल गरेको हुन्छ, कहिले मेरो साथीले गरेको हुन्छ। मलाई लाग्छ, धेरै समय बाँकी छ।’

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

Bhat Bhateni
नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु

‘नेयमार फिट भए समस्या छैन’

‘नेयमार फिट भए समस्या छैन’