काठमाडौं। लामो समयदेखि पेटको क्यान्सरले पीडित टेबलटेनिस खेलाडी सेलिशा खड्गीको निधन भएको छ । ३० वर्षीया सेलिशाको शुक्रबार निधन भएकाे हाे।
सेलिशाले नेपालको प्रतिनिधित्व गर्दै सन् २००९ मा भारतको जयपुरमा भएको ओएजिसी दक्षिण एसियाली जुनियर टेबलटेनिस च्याम्पियन्सीपमा सेलिशाले नेपाललाई काश्य पदक दिलाएकी थिइन्।
सन् २०१५ मा थाइल्यान्डको पटायामा भएको एसियन टेबलटेनिस च्याम्पियन्सिप पनि उनले खेलेकी थिइन्। अर्काे वर्ष भारतको गुवाहाटी र सिलोङमा भएको १२औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि उनले सहभागिता जनाएकी थिइन्।
उनकाे शुक्रबार नै कीर्तिपुरमा अन्त्यष्टि गरिएको छ।