काठमाडौं । उच्च अदालत पाटनले साफको टिकट प्रकरणमा कारण देखाउ आदेश जारी गरेको छ ।
माउन्ट एभरेष्ट स्पोर्ट्स एण्ड म्यानेजमेन्ट प्रालीले दायर गरेको रिटमाथि अदालतले एन्फाको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
गैरकानुनी तरिकाले एन्फाले टिकट बेच्ने अधिकार खोसको भन्दै साफको टिकटको अधिकार पाएको माउन्ट एभरेस्ट प्रालीले पाटन अदालतमा मुद्धा दायर गरेको थियो ।
एन्फाले बिना सूचना फाइनल खेलको टिकट खोसेपछि माउन्ट एभरेस्टले उच्च अदालत पाटनमा मुद्धा दायर गरेको थियो ।
एन्फाले टेण्डरबाट माउन्ट एभरेस्टलाई ८० लाख रुपैयाँमा प्रतियोगिताको टिकट बिक्री ठेक्का प्रदान गरेको थियो ।
सेमिफाइनलमा क्षमता भन्दा बढी दर्शक रंगशाला प्रवेश गरेको भन्दै एन्फाले माउन्ट एभरेस्टलाई स्पष्टिकरण सोधेको थियो । माउन्ट एभरेस्टबाट स्पष्टिकरण बुझेको एन्फाले पत्रकार सम्मेलनमार्फत फाइनलको टिकट आफैले बेच्ने बताएको थियो ।
गैरकानुनी तरिकाले टिकट बेच्ने अधिकार खोसेको दाबी सहित अदालतमा रिट दायर भएको थियो ।