काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपको टिकटको ठेक्का खोसिएपछि माउन्ट एभरेस्ट प्रालीले उच्च अदालतमा रिट दायर गरेको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले बिना सूचना फाइनल खेलको टिकट खोसेपछि माउन्ट एभरेस्टले उच्च अदालत पाटनमा मुद्धा दायर गरेको हो ।
एन्फाले टेण्डरबाट माउन्ट एभरेस्टलाई ८० लाख रुपैयाँमा प्रतियोगिताको टिकट बिक्री ठेक्का प्रदान गरेको थियो ।
सेमिफाइनलमा क्षमता भन्दा बढी दर्शक रंगशाला प्रवेश गरेको भन्दै एन्फाले माउन्ट एभरेस्टलाई स्पष्टिकरण सोधेको थियो । माउन्ट एभरेस्टबाट स्पष्टिकरण बुझेको एन्फाले पत्रकार सम्मेलनमार्फत फाइनलको टिकट आफैले बेच्ने बताएको थियो ।
एन्फा निर्णयले आफु अन्यायमा परेको भन्दै माउन्ट एभरेस्टले एन्फालाई विपक्षी बनाएर रिट दायर गरेका छन् । खराब नियतका साथ एन्फाका केही पदाधिकारीको मिलोमतोमा गैरकानुनीबाट भएको माउन्ट एभरेस्टका प्रबन्ध निर्देशक थमन भुसालले बताए ।
‘ठुलो पैसा लगानी गरेर साफको टिकटमा जोखिम लिएको थिए । जोखिमपछि फाइदा आउने देखेपछि एन्फाकै केही पदाधिकारीले आखाँ लगाए ।’ उनले भनेका छन् ।