काठमाडाैं। राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य अन्जन धमलालाई अमेरिकामा सम्मान गरिएको छ।
अमेरिकन तेक्वान्दो मार्सल आर्ट एकेडेमीले खेलकुद क्षेत्र र तेक्वान्दो खेलमा उल्लेख्य योगदान पुर्याएको भन्दै धमलालाई कदर पत्र सहित सम्मान गरेको हो।
अमेरिकन तेक्वान्दो मार्सल आर्ट्स एकेडेमीका मास्टर राजकुमार थापा र सबुम झलक बुढा मगरले धमलालाई एकेडेमी कार्यालयमै सम्मान गरेका थिए। अमेरिका भ्रमणमा रहेका धमलाले सम्मानका लागि एकेडेमी र तेक्वान्दोका सर्जकप्रति आभार प्रकट गरेका थिए।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ आईटीएफका पूर्व अध्यक्ष रहेका धमला एसियन तेक्वान्दो महासंघका कार्यसमिति सदस्य र साउथ एसियन तेक्वान्दो महासंघमा उपाध्यक्ष छन्। धमला हाल राष्ट्रिय खेलकुद परिषद्मा बोर्ड सदस्य र ई स्पोर्ट्स संघ नेपालका अध्यक्ष हुन्।