साफ च्याम्पियनसिपको टिकट खल्ती एपबाट किन्न पाइने
बुधबार, असोज ३०, २०८१खेलपाटी संवाददाता

काठमाडौं। साफ महिला च्याम्पियनसिप २०२४ को आधिकारिक टिकेटिङ पार्टनर खल्ती एप रहने भएको छ।
साफ महिला च्याम्पियनसिपको टिकेटिङ अधिकार माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले टेन्डर प्रक्रियामार्फत् अखिल नेपाल फुटबल संघ (एन्फा)सँग ८० लाख रुपैयाँमा लिएको छ। टिकट विक्रीका लागि मंगलबार माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिका सिइओ थम्मन भुसाल र खल्ती एपका सिइओ विनायक खड्काबीच सम्झौता भएको हो।
अब साफको सम्पूर्ण टिकट खल्तीमा किन्न पाइनेछ। साफ महिला च्याम्पियनसिप यहि कार्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशाला त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।
टिकट खल्ती एप र दशरथ रंगशालाको गेट दुवैबाट बिक्री हुने भुषालले जानकारी दिए। ‘टिकट बिक्री खल्तीबाट पनि किन्न सकिनेछ। यस्तै, म्याच डेमा रंगशालाको गेटबाट पनि बिक्री गरिन्छ,’ उनले भने।







-1762154705887.png&w=3840&q=75)






-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)