शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

एसिया रग्बीको दुवैतर्फको उपाधि फिलिपिन्सलाई

शनिबार, १९ आश्विन २०८१खेलपाटी संवाददाता
एसिया रग्बीको दुवैतर्फको उपाधि फिलिपिन्सलाई
Loading ad...
mustang rice ad

काठमाडौं। एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ को पुरुष र महिला दुवैतर्फको उपाधि फिलिपिन्सले हात पारेको छ।

एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको प्रतियोगिताको फाइनलमा पुरुषतर्फ फिलिपिन्सले चाइनिज ताइपेई र महिलातर्फ भारतलाई हराउँदै उपाधि जितेको हो। 

जितसँगै दुवैतर्फ फिलिपिन्सले सन् २०२५ मा हुने एसिया रग्बीको ट्रफीमा स्थान सुरक्षित गरेको छ। दोस्रो हुने चाइनिज ताइपेई र भारतले रजतमा चित्त बुझाएको छ।

पुरुषतर्फ सेमिफाइनलमा श्रीलंकालाई १९–१२ ले पराजित गर्दै फिलिपिन्सले फाइनलमा स्थान बनाएको थियो। चाइनिज ताइपेईले भने उज्बेकिस्तानलाई २४–० ले पाखा लगाउँदै फिलिपिन्ससँगको भेट पक्का गरेको हो। सेमिफाइनलमा एकपक्षीय जित निकाले पनि चाइनिज ताइपेईले फाइनलमा सोही लयलाई कायम राख्न सकेन। सुरुआतदेखि नै दबाब झेलेको चाइनिज ताइपेईले फिलिपिन्सलाई २७–१४ को सहज स्कोर सुम्पियो। 

पुरुषतर्फ श्रीलंका तेस्रो भयो। उसले उज्बेकिस्तानविरुद्ध ३२–० को सहज जित हासिल गर्‍यो। पुरुषको तुलनामा महिलातर्फ उपाधिका लागि रोमाञ्चक प्रतिस्पर्धा भएको थियो। यद्यपि, बाजी भने फिलिपिन्सले ७–५ को स्कोरले मार्‍यो। फिलिपिन्सले एक कन्भर्जन किकसहित सुरुमै सात अंक बटुलेको थियो। तर, भारतले पनि पुनरागमन गर्ने मौका प्राप्त गर्‍यो। ट्राई गरेर ५ स्कोर हात पारेपछि भारतले दोस्रो हाफमा कन्भर्जन किक प्राप्त गरेको थियो। तर, कन्भर्ट भने गर्न सकेन। त्यसैले भारत उपविजेतामा सीमित बन्न पुग्यो।

फिलिपिन्सले सेमिफाइनलमा इन्डोनेसियालाई १९–१० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। भारतले भने गुवाममाथि २४–७ को एकपक्षीय जित हासिल गर्दै फिलिपिन्ससँगको उपाधि भिडन्त पक्का गरेको थियो। महिलातर्फ नै तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा भने गुवाम बलियो साबित भयो। एक समय १७–१९ ले अघि रहेको स्थितिमा गुमामले ट्राईमार्फत ५ स्कोर हात पार्‍यो। त्यही ट्राईमार्फत हात लागेको स्कोरसँगै गुवामले २२–१९ ले खेल आफ्नो पक्ष्यमा पार्‍यो।

नेपालको फितलो प्रदर्शन
उपाधि घरमै राख्ने लक्ष्य बुनेको नेपालको प्रदर्शन भने सन्तोषजनक हुन सकेन। समूहचरणमा नेपालले एकमात्रै जित हासिल गरेको थियो, त्यो थियो महिलातर्फ। समूह ‘ई’ मा रहेको नेपाली महिला टोलीले उज्बेकिस्तानमाथि १२–७ को स्कोरमा जित हासिल गर्दै बाउल सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो। तर, श्रीलंकासँग आफ्नै गल्तीका कारण जितिसकेको खेल गुमाउन पुग्यो। नेपालले बाउलमा श्रीलंकासँग १७–१५ को हार बेहोर्‍यो। इरानको महिला टोलीले अन्तिम समयमा प्रतियोगिताबाट नाम फिर्ता लिएको कारण नेपालले र्‍याङ्किङको लागि प्रतिस्पर्धा गर्नै परेन। त्यसैले सात टोलीसम्मिलित प्रतियोगितामा नेपाली महिला टोली सातौं स्थानमा रह्यो। 

पुरुषतर्फ भने नेपाल ‘च्यालेन्ज थर्ड’ बन्न सफल भयो। समूहचरणमा कुनै पनि खेल जित्न नसकेको नेपालले सेमिफाइनलमा कतार प्रतिद्वन्दी पाएको थियो। तर, कतारले नेपालमाथि ३३–० को स्कोरको एकपक्षीय जित हात पार्‍यो। कतार अगाडि बढ्दा नेपाल भने ‘च्यालेन्ज थर्ड’ फाइनलतर्फ धकेलिएको थियो। उक्त प्रतिस्पर्धा पनि नेपाली खेलाडीले प्रतिस्पर्धात्मक खेल पस्किन सकेनन्। सुरुआती समयदेखि नै अफगानिस्तान हाबी हुँदै नेपाललाई २२–५ को स्कोरमा पाखा लगायो। 

विजेता टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङ र नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले मेडल प्रदान गरेका थिए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान