काठमाडौं । ई–स्पोर्टस अन्तर्गत नेपाल सिम रेसिङ सिरिजमा निमन शाक्य च्याम्पियन बनेका छन् ।
नेपाल अटोमोबाल्स एसोसिएसनको इ–स्पोर्टस कमिसनले ई–स्पोर्टस एसोसिएसन अफ नेपाल (ईसान) को सहकार्यमा नेपालमैं पहिलो ईभेन्ट आयोजना भएको हो ।
सिरिजमा नासा नेपालका लाईसेन्स प्राप्त ड्राईभरहरुको बौद्धस्थित सिम रेसिड बाई हुवोमा सहभागीता रहेको थियो ।
विज्ञान र प्रविधिको विकाससंगै संसारमा अन्य खेलकूद सरह मनोरंजन दिने भर्चुअल रेसिङ विश्वमैं युवाहरु माझ निकै लोकप्रिय बन्दै गईरहेको छ । टिभीको स्क्रिनबाट सिमुलेटरमा बसेर खेलाडीहरुले भर्चुअल रुपमा गाडी कुदाउँने गर्दछन् र स्वयंले वास्तविक रुपमैं गाडी कुदाएको अनुभव गर्दछन् ।
रेसिङमा शाक्य प्रथम, विप्लक श्रेष्ठ र पियूष गजुरेल क्रमश दोस्रो र तेस्रो हुन सफल भए ।
प्रतियोगिताका विजयी तथा सहभागीहरुलाई राखेपका कार्यकारी सदस्य यकेन्द्र कुँवर, ई–स्पोर्टस एसोसिएसन नेपाल (ईसान)का अध्यक्ष अन्जन धमला, वरिष्ठ उपाध्यक्ष हिम विक्रम केसी तथा नासा नेपाल स्पोर्टस कमिसनका पदाधिकारीहरुले प्रमाण पत्र वितरण गरेका थिए ।
नासा नेपालका कार्यकारी निर्देशक गोविन्द प्रसाद भट्टराईले विजेता खेलाडीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय प्लेटफर्ममा समेत सहभागीताको अवसर उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
ईभेन्टका संयोजक अंकित भण्डारीले धन्यबाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरेका थिए ।