काठमाडौं । नेपालमा आयोजना हुन गैरहेको एसिया रग्वी सेभेन्सलाई ईमिरेट्सले मुख्य प्रायोजन गरेको छ ।
एसियाली रग्वीको सबैभन्दा ठुलो प्रतियोगितालाई ईमिरेट्सले मुख्य प्रायोजकको रुपमा सम्झौता गरेको हो । सम्झौतासँगै प्रतियोगिताको नाम एसिया रग्वी ईमिरेट्स सेभेन्स ट्रफी २०२४ हुनेछ ।
एसिया रग्वीको आयोजना र नेपाल रग्वी संघको व्यवस्थापनमा एसिया रग्वी ईमिरेट्स सेभेन्स ट्रफी २०२४ काठमाडौंको दशरथ रंगशालामा आयोजना हुदैछ ।
प्रतियोगिता असोज १८ र १९ गते सञ्चालन हुनेछ । प्रतियोगितामा १७ राष्ट्रको सहभागीता रहनेछ । जसमा पुरुष रग्वी सेभेन्समा १४ र महिला रग्वी सेभेन्समा ८ टिमले सहभागीता जनाउनेछन् ।
प्रतियोगितामा ४ सय ५० भन्दा धेरै खेलाडी तथा अफिसियलले सहभागीता जनाउने नेपाल रग्वी संघका महासचिव गोबिन्द घिमिरेले जनाएका छन् ।