सोमबार, कार्तिक १८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Bhat Bhateni Supermarket Ad

पलेशालाई ५ लाखसहित कांग्रेसको सम्मान

आइतबार, भदौ २३, २०८१खेलपाटी संवाददाता
पलेशालाई ५ लाखसहित कांग्रेसको सम्मान
Classic Tech Internet Ad

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पेरिस पारालिम्पिक– २०२४ की ऐतिहासिक कांस्य पदक विजेता तेक्वान्दोकी पलेशा गोबर्धनलाई नगदसहित सम्मान गरेको छ । पलेशासहित पेरिस पारालिम्पिकका तेक्वान्दो टोलीलाई पनि सोही अवसरमा सम्मान गरिएको थियो ।

पलेशालाई नगद ५ लाखसहित प्रशंसा पत्र प्रदान गरियो । प्रशिक्षक कविराज नेगी लामा १ लाख ५० हजार तथा पेरिस पारालिम्पकमै सहभागी अर्का तेक्वान्दो खेलाडी भरतसिंह महता ५० हजार नगदसहित प्रशंसा पत्रबाट सम्मानित भए । व्यवस्थापक रामचन्द्र श्रेष्ठ र नेपाल तेक्वान्दो संघलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।

टोलीलाई सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मान गरेका थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेपाली छोरी पलेशाले पारालिम्पिकमा पहिलो पदक जितेर नेपालको इज्जत र प्रतिष्ठा बढाएको धारणा व्यक्त गर्दै पलेशाको सफलताले अन्य खेलाडीलाई पनि उत्साहित गर्ने विश्वास व्यक्त गरे ।

उनले पलेशालाई बधाइ दिदै आगामी दिनमा अझ बढी सफलताका लागि शुभकामना दिए । उनले खेलकुदको विकासका लागि अझ सशक्त ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । सभापति देउवाले पलेशाका परिवार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल तेक्वान्दो संघ, राष्ट्रिय पारालिम्पिक कमिटी– नेपाललाई पनि धन्यवाद व्यक्त गरे ।

खेलकुद मन्त्री तेजुलाल चौधरीले पलेशाले ऐतिहासिक पदक जित्दै देशको गौरव बढाएको बताउदै शिक्षा, रोजगारी र स्वास्थ्यमा ध्यान दिन सके खेलाडी विदेश पलायन हुने अवस्थालाई रोक्न सकिने धारणा व्यक्त गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं खेलकुद विभाग प्रमुख उमेशजंग रायमाझीले पारा खेलकुद मार्फत पलेशाले विश्वव्यापी रुपमा नेपाललाई चिनाएको बताउँदै सानो देशले पनि बलिया राष्ट्रलाई हराउन सक्ने क्षेत्र महत्वपूर्ण क्षेत्र खेलकुद भएको बताए ।

उनले खेलकुद राज्यको प्राथमिकतामा पर्नु पर्ने बताउदै अहिलेको बजेट खेलकुदका लागि अपुग भएको बताएका थिए ।
 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

१३औं कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता शनिबार

१३औं कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता शनिबार

नेपालले आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप खेल्ने

नेपालले आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप खेल्ने

काजल उत्कृष्ट निर्णायक

काजल उत्कृष्ट निर्णायक

Bajaj Pulsar Motorcycle Ad
फेरि चम्किए हल्यान्ड

फेरि चम्किए हल्यान्ड

क्लासिकोको चोटलाई बिर्सिन खोज्दै बार्सिलोना

क्लासिकोको चोटलाई बिर्सिन खोज्दै बार्सिलोना

तेस्रो प्रयासमा भारतले जित्यो विश्वकप

तेस्रो प्रयासमा भारतले जित्यो विश्वकप

डिफेन्डिङ च्याम्पियनलाई हराउँदै पथरी ११ सेमिफाइनलमा

डिफेन्डिङ च्याम्पियनलाई हराउँदै पथरी ११ सेमिफाइनलमा

बाँकेमा 'फिफा फुटबल फर स्कुल' कार्यक्रम, तीन हजार सहभागी

बाँकेमा 'फिफा फुटबल फर स्कुल' कार्यक्रम, तीन हजार सहभागी

सालाहको ऐतिहासिक २५० औं गोल

सालाहको ऐतिहासिक २५० औं गोल

किन राष्ट्रिय लिग भन्दैछ एन्फा ?

किन राष्ट्रिय लिग भन्दैछ एन्फा ?

चम्किए एमबाप्पे, रियलको फराकिलो अग्रता

चम्किए एमबाप्पे, रियलको फराकिलो अग्रता