पारामाउन्ट र ज्ञानभूमिको जित
-1723984041.jpeg&w=3840&q=75)
काठमाडौं। पारामाउन्ट र नव ज्ञानभूमिले १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार हात पारेका छन्।
पारामाउन्टले एचएचसीएलाई ३०–२० ले पराजित गर्याे। पारामाउन्टको जितमा निश्चल नेपालले १० अंक योगदान गरे। विकास कुमारको १२ अंक सहयोगमा नव ज्ञानभूमिले ओडिसी इन्टरनेसनल एकेडेमीलाई २०–१२ ले हरायो।
जुनियर ब्वाइजमै सत्य साइले स्किब्सलाई १७–११, एन्जल्स हार्टले टीआईएलाई ३१–२१ र गोल्डेनपिकले फ्लोरोसेन्टलाई ३१–२३ ले पाखा लगाए। सत्य साइका शुभम् पाण्डेले ६, एन्जल्स हार्टका अदित पुनले १० र गोल्डेनपिकका अमन गुरुङले ८ स्कोर गरे।
सिनियर ब्वाइजमा एचएचसीएले केभीकेएसएसलाई ५५–४४, टीआईएले तेजस्वीलाई ५६–४८ र बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले ब्रेन्डल्यान्डलाई ३७–२८ ले पन्छाए। एचएचसीएका अनिश सक्सेनाले २२, टीआईएका रोशन नगरकोटीले २० र बीएनएका छत्र अधिकारीले १७ अंक बटुले।
सिनियर गल्र्समा सत्य साइले हिमरश्मिमाथि ११–१० तथा तेजस्वीले प्रारम्भमाथि २४–१० को जित दर्ता गरे। सत्य साइकी आकृति यादवले ६ तथा तेजस्वीकी एस्टर बरुवालले १० अंक जोडे।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


