काठमाडौं। अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्का किमुन्युङ कप जि– १ ¥याङकिङ तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न बिहीबार दक्षिण कोरियाको मुजु प्रस्थान गरेका छन् ।
अगष्ट १७ देखि २० तारिखसम्म हुने उक्त प्रतियोगितामा अशोकले ग्योरोगी र पुम्सेमा निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।
उक्त प्रतियोगितापछि अशोकले दक्षिण कोरियामै हुने १४ औं आईओएफटीसी तेक्वान्दो प्रतियोगितामा पनि निर्णायकको भूमिका निर्वाह गर्ने छन् । अगष्ट २४ तारिखमा सिओलमा हुने आईओएफटीसीमा पनि अशोकले ग्योरोगी र पुम्सेमै निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।