काठमाडौं। नेपाल तेक्वान्दो संघको आयोजनामा बिहीबारदेखि चौथो महिला राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने भएको छ।
सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको केन्द्रीय तेक्वान्दो एकेडेमी हलमा आयोजना हुने उक्त प्रतियोगिता शनिबारसम्म चल्ने छ।
प्रतियोगितामा तीन वटै विभागीय टिमलगायत सात वटा प्रदेशका महिला तेक्वान्दो खेलाडीहरुको सहभागिता रहने संघले जनाएको छ। प्रतियोगितामा ग्यरोगी (फाईट) र पुम्से (फर्म) विधा समावेश गरिएको छ। जसमा ४४५ जना खेलाडीहरुले सहभागिताका लागि नाम दर्ता गरेको संघले जनाएको छ। यी खेलाडीहरूले ५२ ओटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिता सञ्चालन गर्न संघद्धारा ४० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला निर्णायक र प्राविधिक परिचालन गरेको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई राष्ट्रिय टिममा समावेश गरिने संघले जनाएको छ।