काठमाडौं। नेपाली जुडो खेलाडी मनीता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिक २०२४ को प्रारम्भिक चरणमा सर्बियन खेलाडीसँग प्रतिस्पर्धा गर्दैछिन्।
महिला ५७ केजीमुनिको प्रतिस्पर्धा उनले मारिका पेरिसिकसँग प्रतिस्पर्धा गर्ने भएकी हुन् । उनको खेल सोमबार च्याम्प-डे-मार्स एरेना म्याट १ मा हुनेछ। यो खेल नेपाली समयअनुसार दिउँसो १:४५ बजे हुनेछ। यो खेलको विजेताले अन्तिम १६ मा स्थान पक्का गर्नेछ।
मनीताले कन्टिनेन्टर कोटामार्फत ओलम्पिक खेल्ने अवसर प्राप्त गरेकी हुन्।