काठमाडौं। नेपाली जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिक २०२४ को पहिलो चरणमा सर्बियन खेलाडीसँग प्रतिस्पर्धा गर्ने भएकी छन्।
महिला ५७ केजीमुनिको प्रतिस्पर्धा उनले मारिका पेरिसिकसँग प्रतिस्पर्धा गर्ने भएकी हुन् । उनको खेल सोमबार च्याम्प-डे-मार्स एरेना म्याट १ मा हुनेछ । यो खेलको विजेताले अन्तिम १६ मा स्थान पक्का गर्नेछ।
मनिताले कन्टिनेन्टर कोटामार्फत ओलम्पिक खेल्ने अवसर प्राप्त गरेकी हुन् ।