मंगलबार, २६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

महिला क्रिकेटमा फर्किएको आस

शुक्रबार, ११ श्रावण २०८१
महिला क्रिकेटमा फर्किएको आस
Loading ad...
mustang rice ad

काठमाडौं। बलियो टोली भारतसँग ८२ रनको हार बेहोर्दै नेपालले एसिसी महिला एसिया कपको यात्रा टुंग्याएको छ। ग्रुप चरणबाट नै बाहिरिए पनि यस प्रतियोगिताले महिला क्रिकेटमा रहेको प्रचुर सम्भावनाको उजागर गरेको छ।

नेपालले यसअघि सन् २०१२ र २०१६ को एसिया कप खेलिसकेको थियो। दुवै संस्करण गरी आठ खेल खेलेको नेपाल जितविहीन थियो। २०१२ को संस्करणमा बंगलादेश र चीनसँग पराजित हुँदा नेपालले बनाएको उच्च स्कोर ५८ रन थियो, त्यो नि श्रीलंकाविरुद्ध।

त्यसै गरी राउन्ड रोबिनमा सम्पन्न २०१६ एसिया कपमा नेपाली महिला टोली भारत, पाकिस्तान, थाइल्यान्ड, श्रीलंका र बंगलादेशसँग पराजित भएको थियो। थाइल्यान्डसँग ६३ रन नेपालले त्यस संस्करणमा बनाएको उच्च स्कोर थियो।

मिथाली राज , हरमनप्रित कौर, झुलन गोस्वामी र स्मृति मन्धानासम्मिलित भारतीय टोलीसँग त नेपाल २१ रनमा नै समेटिएको थियो। आठ वर्षको अवधिमा महिला क्रिकेट बिस्तारै सबैको नजरमा माथि उठ्दै गएको छ र लगानी पनि बढ्न थालेको छ। क्रिकेटका शक्ति राष्ट्रहरूको प्राथमिकतामा पर्न थालेपछि महिला क्रिकेटको मुहार फेरिन थालेको छ।

श्रीलंकामा आयोजित एसिया कपका लागि नेपालले करिब दुई महिना बन्द प्रशिक्षण गरेको थियो। महिला क्रिकेट टिमले सायदै यती केन्द्रित भएर तयारी गर्ने मौका पाएको थियो।

एसिया कपमा नेपालले सुरुआती खेलमै युएईलाई ६ विकेटले हराउँदै ऐतिहासिक जित निकालेको थियो। यस जितका लागि नेपालले तीन संस्करण र आठ खेल कुर्नुपरेको थियो।

युएईविरुद्धको खेलअघि एसिया कपमा नेपालको तर्फबाट व्यक्तिगत उच्च स्कोर ज्योति पाण्डेको १६ रन थियो। पहिलो खेलमै सम्झना खड्काले अविस्मरणीय अविजित ७२ रनको इनिङ्स खेलेकी थिइन्। सम्झनाको इनिङ्स कैयौँ तरिकाबाट नेपाली महिला क्रिकेटका लागि कोसेढुंगा साबित हुन सक्छ। 

११ चौका प्रहार गर्दा सम्झना विरलै असहज देखिइन्। नेपाली क्रिकेट इतिहासमै ठूलो र महत्त्वपूर्ण प्रतियोगितामा सायदै यस्तो शक्तिशाली इनिङ्स खेलिएको थियो। पाकिस्तानसँगको दोस्रो खेलमा कविता जोशीले ३१ रन प्रहार गरेकी थिइन्। सीता रानामगर र पूजा महतोले क्रमशः २६ र २५ रनले साथ दिएपछि नेपालले १०८ रनको सम्मानजनक योगफल तयार पारेको थियो।

अन्तिम खेलमा भारतविरुद्ध १७९ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले ९६ रन बनाएको थियो। सम्झना खड्का, सीता रानामगर, पूजा महतो, कविता जोशी र कविता कुँवरजस्ता खेलाडीहरूको ब्याटबाट रन बन्नुका साथै केही उत्कृष्ट सटहरू प्रहार भएका थिए। बलिङमा भने नेपाल फितलो देखियो।

भारत र पाकिस्तानका खेलाडीले निर्धक्कसँग रन बनाउँदा नेपाली टिमले रोक्न सकेन। फिल्डिङ भने बिर्सनलायक रह्यो। निरन्तर अनुभव बटुल्दै जाँदा यी कमजोरीहरू पनि पूर्ति हुँदै जान्छन्।

समग्रमा नेपाली महिला टोलीको एसिया कप यात्रा सुखद रह्यो। नेपालले आगामी दशक धान्न सक्ने खेलाडीहरू जन्माएको छ। सीता रानामगर र रुबिना क्षेत्रीबाहेक सबै खेलाडी ३० वर्ष मुनिका छन्।

सन् २०३० को महिला विश्वकप १६ टिमले प्रतिस्पर्धा गर्नेछन्। हाल २१औँ वरीयतामा रहेको नेपालले २०३० लाई मध्यनजर गरेर अगाडि बढ्ने हो भने विश्व कप टाढा छैन।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

 मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य