नेपाललाई पाँच स्वर्णसहित सात पदक
मंगलबार, ११ असार २०८१खेलपाटी संवाददाता
1719304279.jpeg&w=3840&q=75)
काठमाडौं। नेपालले सातौं एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पाँच स्वर्णसहित सात पदक जितेको छ।
प्रतियोगितामा सात खेलाडी सहभागी भएकोमा सबैले पदक जिते हुन्। नेपालले थप एक रजत र एक कांस्य पनि जित्यो। नेपाली टोलीले ग्योरोगीमा ६ र पुम्सेमा एक गरी सात पदक जितेको हो।
पुरुष सिनियर ८० केजीमुनि रन्जित डंगौरा, ६८ केजीमुनि कुमार लवत र ५८ केजीमुनि प्रवीणजंग खड्काले स्वर्ण जिते। पुरुष सब जुनियरको २३ केजीमुनि संयोग खड्का तथा क्याडेट महिलाको ३३ केजीमुनि सुसन्ध्या खड्काले स्वर्ण हात पारे।
भारतको गोआमा जुन २१ देखि २३ तारिखसम्म भएको प्रतियोगिताको सब जुनियर पुरुष ३२ केजीमुनि रघुनाथ भण्डारीले रजत तथा यु–१२ एकल पुम्सेमा आभास देवले कांस्य प्राप्त गरे। नेपाली टोलीको प्रशिक्षकमा दिपेश जोशी र टिम व्यवस्थापकमा सरिता थापा रहेका छन्।















