नन्दालाई दोहोरो स्वर्ण
आइतबार, जेठ २०, २०८१खेलपाटी संवाददाता
1717345843.jpeg&w=3840&q=75)
काठमाडौं। नेपाली तेक्वान्दो खेलाडी नन्दा बस्यालले कुकिवन कप युएसए च्याम्पियनसिपमा दोहोरो स्वर्ण पदक जितेकी छन् ।
अमेरिकाको न्युजर्सीमा भएको प्रतियोगिताको महिला ५० वर्षमुनि फ्रि स्टायल ब्रेकिङ र ओपन डिभिजन पुम्सेमा नन्दाले स्वर्ण जितेकी हुन् ।
राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिकी सदस्यसमेत रहेकी नन्दाले १० महिनाको अवधिमा जितेको यो तेस्रो स्वर्ण हो । नन्दाले गत साउनमा दक्षिण कोरियामा भएको स्योङ्नाम विश्व हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि स्वर्ण जितेकी थिइन् ।








-1753017726.jpeg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)


