भेट्रान्स फुटसलको उपाधि टेन टू इलाबेनलाई
२०२४ जुन १, शनिबारखेलपाटी संवाददाता

पोखरा। पहिलो संस्करणको ३५ वर्षभन्दा माथिको भेट्रान्स फुटसल प्रतियोगिताको उपाधि टेन टू इलाबेनले जितेको छ।
अमरसिंह स्पोट्स सेन्टरको खेल मैदानमा शनिबार सम्पन्न फाइनलमा आयोजक स्वर्णिम एफसी रातोलाई १-५ गोल अन्तरले पराजित गर्दै टेन टू इलाबेनले उपाधि जितेको हो।
विजेता बनेको टेन टु इलाबेन ले नगद रु ६० हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भए। यस्तै, उपविजेता स्वर्णिम एफसीले ३० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो।
प्रतियोगितामा उत्कृष्ट खेलाडी टेन टू इलाबेनका च्यउ गुरुङ भए। उत्कृष्ट गोलरक्षक स्वर्णिम एफसी रातोका मुन गुरुङ भए।